एचआइभी संक्रमति बालबालिकाहरुसँग मनाइयो दिवंगत ज्ञानु दाहालको जन्म दिवस (फोटो फिचर)

काठमाडौं, दिवंगत ज्ञानु दाहालको जन्म दिवस एचआईभी संक्रमित बालबालिका संरक्षण केन्द्रमा मनाइएको छ ।

उक्त अवसरमा प्रचण्ड परिवारका सदस्यहरु कीर्तिपुरस्थित बेबी लाइफ होममा पुगेका थिए ।

एचआइभी संक्रमित बालबालिकालाई संरक्षण गर्दै आएको बेबी होममा परिवारका सदस्यहरुले एचआइभी संक्रमित बालबालिकासँगै खाना खानुका साथै संरक्षण केन्द्रलाई सामग्री हस्तान्तरण गरेका थिए ।

अध्यक्ष परिवारबाट बेबी होमलाई आवश्यक परेका हिटर र पानी तताउने केतलीहरु प्रदान गरिएको बेबी होमका सञ्चालक राजकुमार पुनले बताए । बालबालिकासँग केही समय बिताएपछि भविष्यमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दै उनीहरुको फर्किएको पुनले जनाए ।

उक्त अवसरमा दिवगंत ज्ञानु दाहालका श्रीमान सागर केसी, अर्की छोरी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य, ज्ञानुका दुई छोरी सृष्टि केसी र दृष्टि केसी, खानेपानी मन्त्री तथा प्रचण्डकी बुहारी बीना मगर, डा. विवेक राठौर र प्रकाश रायमाझीको उपस्थिति थियो ।

बिक्रम सम्बत २०३० साल कार्तिक ११ गते जन्मिुनभएकी प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको स्तन क्यान्सरका कारण २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्