चितवनको विकासमा सबै मन्त्रालयलको विशेष ध्यानाकर्षणः अध्यक्ष प्रचण्ड

चितवन, कार्तिक ११ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको विकासका लागि सबै मन्त्रालयले ध्यान केन्द्रीत गरिरहेको बताएका छन् ।

भौतिक पुर्वधार तथा यातयात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालु आवमा संचालन हुने आयोजनाहरुको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवन ऐतिहासिक विशेषताले गर्दा भौतिक पुर्वधार तथा यातयात मन्त्रालय, शहरी विकास मन्त्रालय तथा खानेपानी तथा सरसफाई मन्त्रालयले विशेष चासोका साथ चितवनलाई ध्यान दिईरहेको जानकारी दिए ।

चितवन जिल्लाको आफ्नै फरक विषेशता छ ,उनले भने, ‘चितवन प्रचण्डको निर्वाचित जिल्ला मात्रै भएर होईन । यसको ऐतिहासिक, भौगोलिक विशेषताले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा चिवतवनमा सबैको ध्यान केन्द्रीत छ ।’

अध्यक्ष प्रचण्डले अन्तराष्ट्रिय सिटी हल र अन्तराष्ट्रिय क्रिकेट रंगशालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग विशेष छलफल भएको भन्दै यसको निर्माण प्रक्रिया अब चाँडै सुरु हुने बताएका छन् ।

भारत र चीन भ्रमणका क्रममा भरतपुरलाई देशकै र अन्तराष्ट्रिय रुपमा नमुना बनाउन मित्रराष्ट्र चीन र भारतको उच्च नेतृत्वसँग वार्ता भएको भन्दै उनले चितवनमा अन्तर्राष्ट्रिय परियोजनाहरु संचालन गर्ने तयारी भईरहेको बताए ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दुरीको ठोरी केरुङ लोकमार्ग र ठोरी माडी हुलाकी सडकखण्डको निर्माण कार्य यसै वर्षदेखि प्रारम्भ हुने प्रचण्डको भनाई थियो । नेपालमा रहेका हुलकी सडकखण्डमध्ये सबैभन्दा सुरुमा यही हुलकी सडकको काम भारतले अघि बढाउन लागेको बताए । सफलखबरबाट

कमेन्ट गर्नुहोस्