जिम्मेवारीअनुसार काम गर्न नगरप्रमुखको निर्देशन

धनगढी, कातिक ११ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जिम्मेवारी अनुसारको काम पुरा गर्न वडा पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका छन्।

आइतबार धनगढी उपमहानगरपालिकाका वडा पदाधिकारी, कार्यपालिका सदस्य र वडा सचिवलाई उपभोक्ता समिति गठन, योजना संचालन तथा ब्यबस्थापन सम्वन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुखले यस्तो बताएका हुन ।

हामी सबै एउटै डुंगामा छौं नगरप्रमुख वडले भने, एक ब्यक्तिले गरेको गल्तीले सबैलाई डुवाउँछ । उनले आर्थिक रुपमा गलत गरेको पाईएमा कार्वाही गरिने पनि नगरप्रमुख वडले बताए । कतिपय ठाउँमा उपभोक्ता समितिमा बस्ने र पैशा हिनामिना गर्ने गिरोह नै छन् नगरप्रमुख वडले भने, यस्ता ब्यक्तिबाट सजक रहनुहोला । नियमअनुसार काम नगर्ने उपभोक्ता समितिलाई बिगठन गर्न पनि नगरप्रमुखले वडा पदाधिकारीलाई निर्देशन दिए ।

हामी जनताको सेवा गर्नका लागि आएका हौं त्यस कुरालाई आत्मसाथ गर्नुहोला नगरप्रमुख वडले भने, उपभोक्त समिति गठन देखि त्यसको संचालन र ब्यबस्थापनको समस्या भएकाले यो अभिमुखीकरण संचालन गरेका हौं ।

धनगढी उपमहानगरपालीकाका उप प्रमुख सुशिला मिश्र भट्टले हिजोका उपभोक्ता समिति गठन, संचालन र ब्यबस्थापनबाट भएको सिकाईका आधारमा काम अगाडी बढ्न वडाका पदाधिकारी, कार्यपालीका सदस्य र सचिवहरुलाई निर्देशन दिईन । उनले भनिन्, काम प्रभावकारी बनाउन सम्वन्धित महाशाखा प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ ।

उपमहानगरपालिकाका सबै वडा पदाधिकारी, कार्यपालीका सदस्य र वडा सचिवलाई उपभोक्ता समिति गठन, योजना संचालन तथा ब्यबस्थापन सम्वन्धी अभिमूखीकरण दिने काम आईतबार सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डेयले बताए ।

कमेन्ट गर्नुहोस्