अमेरिकाको पिटसबर्गमा अन्धाधुन्ध फायरिङ, ११ जनाको मृत्यु

वाशिङटन डिसी, कार्तिक ११ । अमेरिकाको पिटसबर्गमा एजकना युवाले अन्धाधुन्ध फायरिङ गर्दा एघार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन जना प्रहरी समेत रहेका छन् ।

पिटसर्बगको स्क्वाइरल हिलमा ती युवकले अन्धाधुन्ध सर्वसाधारमाथि गोली चलाएका थिए ।गोली चलाएपछि युवकले प्रहरी सामु आत्मसमर्पण गरेको सिएनएनले जनाएको छ ।

समयमा नै घटनास्थल पुगेको प्रहरीले उक्त क्षेत्रको सिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ ।गोली के कति कारणले चलाइएको हो भन्ने कुरा खुलेको छैन ।

इसअघि पिटसर्बग सार्वजनिक सुरक्षा निकायका तर्फबाट चेतावनी जारी गर्दै अलर्ट, विलकिन्स र शेडी क्षेत्रमा एकजना शुटर भएकोले त्यहाँ नजान भनिएको थियो ।

यसैबीच राष्ट्रपति ट्रम्पले सर्वसाधारलाई संयमित हुन अपील गरेका छन् । ट्विटरमार्फत ट्रम्पले घटनालाई दुखदायी बताउँदै आ आफ्नो घरमा बस्न समेत अपील गरेका छन् ।

कमेन्ट गर्नुहोस्