न्यायाधिशको नाममा २२ सय कार भेटिएपछि पाकिस्तानमा सनसनी !

इस्लामाबाद । तपाईका नाममा अचानक करोडौं सम्पत्ति रहेको खुलासा भए के गर्नु हुन्छ ? टाउको ठोक्नुहुन्छ हैन ?
अहिले त्यस्तै भएको छ पाकिस्तानका एकजना न्यायाधिशलाई ।

पाकिस्तानका पूर्व न्यायाधिश कन्दर हयातलाई शनिवारका दिन आफ्नो नाममा २२ सय कार दर्ता भएको थाहा भएपछि उनको अवस्था कल्पना गर्न नसकिने भएको छ ।

हयातले भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

हयातका वकिल मियाँ जफरले पाकिस्तानी सर्वोच्च अदालतलाई बताए अनुसार, पूर्व न्यायाधिश हयातले एकवटा मात्रै कार किनेका छन. ।

पाकिस्तानी पत्रिका डनले भने न्यायाधिशको नाममा २२ सय कार दर्ता भएको समाचार प्रकाशित गरेपछि सनसनी मच्चिएको हो । समाचारका अनुसार, वकिल जफरले हयातको नाममा दुइ हजार दुई सय चौबीस कार दर्ता भएको बताए ।

केही दिन अघि ट्राफिक प्रहरीले एउटा कार चालान गरेपछि त्यसको सूचना न्यायाधिश हयातलाई मिलेको थियो । यो कार उनले किनेका पनि थिएनन । त्यही कुरा खोज्दै जाँदा उनको नाममा २२ सय २४ कार भेटिएको हो । त्यसपछि उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

कमेन्ट गर्नुहोस्