युएईमा एक नेपाली महिलाद्वारा मदिरा सेवन गरि आफ्नै सहकर्मीको हत्या, ३ जना घाइते

युएई,कार्तिक ११।युएईमा मदिरा सेवन गरि चक्कु हानाहान हुदा एक नेपाली महिलाको ज्यान गएको छ
भने तीन जना घाइते भएका छन् ।

शारजाह राज्य स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत नुवाकोटकि सोनी तामाङले बिहीबार मदिरा सेवन पछी भएको बिवादमा चक्कु चलाउदा काठमाडौ घर भै सोही कम्पनीमा कार्यरत सिर्जना बरालको ज्यान गएको युएई स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

यस्तै चक्कु प्रहार बाट सोही कम्पनीमा कार्यरत ममता चौधरी,सलिना मगर र आशा दर्जी घाइते भएका छन्। घाइते मध्य ममता चौधरीको अस्पतालको आइसियुको उपचार भैरहेको छ भने दुई जना उपचार पछी कम्पनी होस्टेलमा फर्किसकेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन्।
दसैं मनाउन भन्दै साथीहरू संगै बसेर मदिरा सेवन गरेको र विवाद भएपछि यस्तो घटना घटेको हुन सक्ने अनुमान छ।

“घटना बारे आवश्यक जानकारी लिने काम भै रहेकोे छ प्रहरीले तामाङ लाई पक्राउ गरि अनुसन्धान सुरु गरिसकेको छ प्रहरी अनुसंधान सकिएपछी के कस्तो कारबाही हुने भन्ने अदालतले फैसला गर्नछ” राजदूत फुयाँलको भनाइ छ।

चाडपर्व मनाउने नाममा पटकपटक यस्ता घटना घट्नुले नेपाली समाज प्रति अरुले हेर्न दृस्ठिकोणमा परिवर्तन आउन सक्ने भन्दै यस्ता घटना हुन नदिन सबै संयम हुनुपर्ने दूतावासको भनाइ छ।

कमेन्ट गर्नुहोस्