राष्ट्रपति भण्डारीले उचालिन् विश्वकपको ट्रफी

काठमाडौं, कार्तिक ११ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति भवन पुर्‍याइएको छ । विश्व भ्रमणका क्रममा विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो ।

 

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकप ट्रफी उचालिन् । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिकहाँ ट्रफी पुर्‍याइएको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा लगिने भनिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण स्थगित गरिएको थियो ।

 

शुक्रबार नेपाल ल्याइएको यो ट्रफी त्यसैदिन साँझ स्वयम्भूमा राखिएको थियो भने शनिबार पोखरा रंगशालामा प्रदर्शन गरिएको थियो । आइतबार बिहान यो ट्रफी चन्द्रागिरी पुर्‍याइएको थियो जहाँ फरक फरक कोणबाट फोटोसेसन गरिएको थियो । विश्वकप ट्रफी भोलि सोमबार विश्व सम्पदा बसन्तपुर क्षेत्रमा सर्वसाधारणको प्रदर्शनीका लागि राखिनेछ ।

कमेन्ट गर्नुहोस्