छातिमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आज अस्पताल भर्ना भएका हुन् । सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्