पोखरा प्रिमियर लिगः काठमाडौं र विराटनगर खेल्दै [LIVE]

काठमाडौं, कार्तिक १२ । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा सोमबार पनि २ खेल हुने भएका छन् । पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स आमने सामने भइरहेका छन् ।

 

युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्स लगातार दुई खेलम पराजित भएकाले पहिलो जितको खोजिमा हुने छ । आज विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ ।

 

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमा काठमाडौं रोयल्स धनगढीलाई १७ रनले पराजित गरेको थियो ।

 

यसैगरी आजै दिउँसो सवा १ बजे चितवन राइनोज र पोखरा पल्टन आमने सामने हुनेछन् । चितवनको नेतृत्व पारस खड्काले गरेका छन् भने पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको छ ।

 

पोखरा पहिलो खेलमा जित हात पारेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । यसैगरी पहिलो खेल गुमाएको चितवन आजको खेलमा पहिलो जितको खोजिमा हुने छ । यो प्रतियोगितामा सोमपाल कामी नेतृत्वको बुटवल बल्लास्टर्सले मात्रै दुबै खेल जितेको छ ।

कमेन्ट गर्नुहोस्