साफ यू–१५ च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, कार्तिक १२। साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ः३० बजे नेपाल र बंगलादेश खेल्दै छन् । नेपाल बंगलादेशलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।

 

बंगलादेश पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । दुवै टिमले समान १–१ खेल खेलेको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै पराजित गरेको थियो ।

 

नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।सेमिफाइनल समीकरण आजै पूरा हुदैछ । समूह बी अन्तर्गतको अन्तिम खेलमा आज भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ ।

कमेन्ट गर्नुहोस्