भयानक दुर्घटनाः १८८ जना सवार जहाज समुन्दमा खस्यो

जकार्ता, इण्डोनेशियाको जकार्तादेखि पांकल पिनांग शहरतर्फ गइरहेको घरेलु यात्रुवाहक बिमान आज बिहान समुन्द्रमा घस्दा १८८ जना यात्रुको मृत्यु भएको छ ।

उडान भरेको १३ मिनेटपछि नै विमान क्र्यास भएर समुन्द्रमा खसेको थियो । जहाजमा ती बालबालिकासहित १८१ जना यात्री, दुई पाइलट र पाँच क्रू सदस्य रहेका थिए ।

१३ मिनेटपछि नै विमानस्थलसँग सम्पर्क विच्छेद भएको जहाज कारवांग खाडीमा खसेको थियो । विमानमा इण्डोनेशियाको अर्थ मन्त्रालयका २० जना अधिकारी पनि रहेका थिए ।

यो दुर्घटनालाई इण्डोनेशियाको सबैभन्दा ठूलो विमान दुर्घटना बताइन्छ । यसअघि डिसेम्बर २०१४ मा एयर एशियाको फ्लाइट क्यूजेड ८५०१ दुर्घटना हुँदा १६२ जनाको मृत्यु भएको थियो ।

संसारभरिका उडानहरुको जानकारी राख्ने वेभसाइट फ्लाइटराइडरको डाटा हेर्दा लाइन एयर फ्लाइट जेटी ६१० स्थानीय समय अनुसार बिहान करिब ६ बजेर २० मिनेटमा उडेको थियो । टेकअफको १३ मिनेटपछि समुन्द्रमाथि हराउन थालेको देखियो । हराउनु अघि जहाज ५ हजार फीटको उचाईसम्म पुगेको थियो । तर केहीसमयपछि नै त्यसको गति कम हुन थाल्यो । सम्पर्क टुटने बेलासम्म विमान करिब ३६५० फीटको उचाईमा थियो भने यसको गति पनि बढिरहेको थियो ।

किफायती जहाजकारुपमा चिनिने लाइन एयरको विमान २०१३ मा समेत समुन्द्रमा नै क्र्यास भएको थियो । त्यतिखेर २५ जना यात्रुको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्