सोमबारबाट मण्डला आन्तरिक ब्याडमिन्टन सुरू

काठमाडौं कात्तिक १२ ।

मण्डला आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०७५ सोमबारबाट सुरू भएको छ ।

मित्रता तथा सहिष्णुताको लागि खेलकुद भने नाराका साथ मण्डला आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०७५ सोमबारबाट सुरू भएको हो ।

चन्द्रागिरि नगरपालिका प्रवक्ता हरिभक्त महर्जनले उद्घाटन गरेको कार्यक्रममा वोल्दै मानव स्वास्थ्यका लागि खेलकुद अनिवार्य आवश्यकता भएको भन्दै नगरलाई खेलकुद मैत्री वातावरण तयार पार्न नगरपालिका सुरूदेखि लागिरहेको चर्चा गरे । उनले छिटोभन्दा छिटो खेलकुदवाट नगरको नाम अझ राष्ट्रसामु चिनाउन थप गृहकार्य रहेको औल्याए ।

कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चा चन्द्रागिरिका इञ्चार्ज रोशन दानीले समग्र चन्द्रागिरिको विकासमा खेलकुद महत्त्वपूर्ण भएको भन्दै आईसिसि विश्व कपको ट्रफि चन्द्रागिरिमा ल्याउनु भनेकै विश्व जगतमा चन्द्रागिरिको खेलकुदको विकासमा र समग्र पर्यटनको विकासमा उल्लेखनीय अर्थ राख्ने धारणा राखे ।

नगरपालिकाको लगभग ३२ समूहको सहभागिता रहेको मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले बताए ।

सस्थाका अध्यक्ष प्रधानका अनुसार खुला ब्याडमिन्टन प्रतियोगिता प्रथम हुने जोडीले प्रमाण पत्र, ट्रफीको साथमा नगद पुरस्कार पाउने जानकारी दिए । उनले खेलाडीहरूको मनोबल, भाईचारा र एकता स्थापना गर्न टुर्नामेन्टको आयोजना गरिएको बताए ।

पहिलो चरणको खेलमा रामनारायण घिमिरेको समुह विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्