प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, कार्तिक १२ । छातिमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सोमबार बिहान विज्ञप्ती निकालेर स्वास्थ्य स्थितिमा क्रमिक सुधार रहेको जानकारी दिएको हो ।

 

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ठ श्रेष्ठले प्रधानमन्त्रीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।

केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको हो । यसैबीच, नेकपाका अध्यक्ष प्रचण्डले त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

कमेन्ट गर्नुहोस्