पोखरा प्रिमियर लिगः सन्दीपको टिमद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य [LIVE]

काठमाडौं, कार्तिक १२ । पोखरा प्रिमियर लिग (पीपीएल) अन्गर्त आजको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन जोड्यो।

 

ओपनर आलमले ४७ बलमा ४ छक्का र ७ चौका सहित ६७ रन बनाएपछि विराटनगर सो स्कोरमा पुगेको हो। यस्तै विराटनगरका सुनिल धमला र राजेशपुलामी मगर समान ३०-३० रनमा आउट भए । बलिङतर्फ काठमाडौंका सुशान भारी, बसन्त रेग्मी र गौरव तमोरले समान दुई-दुई विकेट लिए।

कमेन्ट गर्नुहोस्