बैंक भित्रै लुटियाे सेवाग्राहीको १७ लाख !

झापा, कार्तिक १२ ।

झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकका शाखा कार्यालयमा रकम जम्मा गर्न गएका एकजना सेवाग्राहीको रकम बैंक हाताभित्रैबाट लुटिएको छ ।

आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङ, याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गुरुङले रकम बोकेको झोला काउण्टरमा राखेर भौचर भर्दै गर्दा उनको झोलासहित पैसा चोरी भएको हो ।

बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने व्यक्ति भाग्न सफल भएको जनाइएको छ । सीसी क्यामराको फुटेजबाट लुटेराको पहिचान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्