पोखरा, कार्तिक १२ ।
पोखरा प्रिमियर लिगअन्तर्गत जारी खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन जोडेको हो।
चितवनका लागि सन्नी पटेलले नटआउट रहँदै ४६ रनको पारी खेले। २७ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे।
स्तै कप्तान पारस खड्काले सर्बाधिक ४४ रनको पारी खेले। ३२ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। सोनु तामाङमाले २१ र अनिलकुमार साहले १६ रन जोडे।
पोखराका विक्रम भुषालले २ विकेट लिए भने शरद भेषवाकर, मोहबुब आलम र मोहम्मद नाभिदले समान १–१ विकेट लिए।