गौचन हत्याकाण्डका तीन प्रमुख अभियुक्त पक्राऊ

काठमाडौं, नेपाल प्रहरीले निर्माण व्यवसायी शरद गौचनको हत्यामा आरोपित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले हत्या अभियोगमा आरोपित लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो।

निर्माण व्यवसायी गौचनको गत वर्ष मिनभवनमा गोली हानी हत्या गरिएको थियो।

यसअघि, निर्माण व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष गौचनको हत्याका नाइके श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोम्बेलाई गएको माघ ९ गते प्रहरीले पक्राउ गरेको हो।

गौचनमाथि गोली प्रहार गर्ने अर्का अभियुक्त अमर लामा फरार थिए। उनीहरु दुवै जना नेपाली सेनाबाट भागेर गुण्डागर्दीमा संलग्न हुँदै आएका थिए। मुख्य योजनाकार समीरमान सिंह बस्न्यातसहित ११ जनालाई हत्याको केही समयपछि नै पक्राउ गरेको थियो।

यसैगरी, प्रहरीले मंसिर १ गते हत्याका अभियुक्त बसन्त थेबे र धनराज योङहाङलार्इ पनि पक्राउ गरिएको थियो। उनीहरुको साथबाट प्रहरीले दुई थान पेस्तोल र १० राउण्ड गोली पनि बरामद गरेको थियो।

कमेन्ट गर्नुहोस्