राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौँ, कात्तिक १२ ।

राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा सोमबार कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्