सपना अझै अधुरै : पोल र तार पुगेपनि बत्ती बलेन

दाङ, कार्तिक १२ ।

बिजुलीका पोल गाडिएको वर्षाैं बित्यो, तर गाउँमा विद्युत् पुगेको छैन ।

नाकासम्म बिजुली पुर्याउने योजनाका साथ राजपुर गाउँपालिका वडा नं. ७ को कुरुवामा बिजुलीको पोल र तार पुगेपनि बिजुली सुचारु भएको छैन । बिजुलीको उज्यालोमा बस्ने सपना छ । कुटानीपिसानीका लागि घण्टौं हिँडेर सिक्टा जानुपर्छ, सर्वजित बुढाले भने ।

बिजुलीको पोल गाड्ने, तार तान्ने काममा पनि खटिएँ तर अहिलेसम्म बिजुली बलेन ।

बिजुलीको पोल ढल्ने अवस्थामा पुगिसकेको छ । हाईटेन्सन लाइनका लागि पोल गाडिएको र तार तानिएको भएपनि उपभोक्ताको घरसम्म पुग्नेगरी सहायक पोल बिस्तार भएको छैन । सहायक पोल छैनन्, ट्रान्सफर्मर छैन, रानाले भने । ३ वर्षको अवधिमा जम्मा ३ किलोमिटर क्षेत्रमा पोल र तार बिस्तार भयो । निकै सुस्तगतिमा काम भएको छ । योजना अधुरो छ।

कुरुवा, ताली, सुनपथरी, अ‍ैराना, गोढुवा, हाडबास हुँदै नाकासम्म पु¥याउने योजनाका साथ काम अघि बढे पनि बजेट अभाव, सरकारको प्राथमिकतामा नपर्दा योजना बीचमै रोकिन पुगेको छ । ४६ वटा पोल, छ हजार दुई सय मिटर तार बिस्तार भएको छ ।

गाउँमा विद्युत् बिस्तार गर्दा पोलको ढुवानी मुख्य चुनौती बनेको छ, विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर रानाले भन्नुभयो । थोरै बजेटले पुग्दैन । बजेट अभावले गर्दा योजना अधुरै छ ।

यहाँका छ गाउँका एक हजार घरधुरीमा विद्युत् पुर्याउने लक्ष्य छ ।

सीमा विकास कार्यक्रमको १० लाख, गाउँपालिकाको २२ लाख रुपियाँको लागतमा विद्युत् विस्तारको योजना अघि बढेको हो । गाउँपालिकाको यहीँ बजेटबाट सिक्टा र राताकासमा ट्रान्सफर्मर खरिद गरिएको छ । नाका क्षेत्रमा उज्यालो विशेष कार्यक्रम चलाउनुपर्ने स्थानीय अगुवा भीम ओलीले बताए । नाकाका जनता टुकीको भरमा छन् । बिजुलीको उज्यालो दिन स्थानीय सरकारले बढी ध्यान दिनुपर्छ, ओलीले भने ।

कमेन्ट गर्नुहोस्