उपत्यकामा दशैँको बेलामा आपराधिक घटनामा कमी

काठमाडौं, कात्तिक १२ ।

काठमाडौँ उपत्यकामा गतवर्षको तुलनामा यसवर्षको दशैँमा अपराधका घटनामा कमी आएको छ ।

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका अनुसार गत वर्षभन्दा यसवर्ष दशैँको समयमा चोरी, जुवा, ठगी, अपहरण, आत्महत्या लगायत घटनामा कमी आएको हो ।

कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटस्थापनादेखि पूर्णिमासम्म काठमाडौंमा ८६, ललितपुरमा ३० र भक्तपुरमा १५ जनाविरुद्ध विभिन्न अपराधमा मुद्दा चलाइएको जानकारी दिए ।

“गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकताको आधारमा प्रहरीले काम गरेकाले गत वर्षको तुलनामा आपराधिक घटना कमी भएको हो”, उनले भने । गत र्ष काठमाडौँमा १२४, भक्तपुरमा २२ र ललितपुरमा ८ अपराधका घटनामा मुद्दा चलाइएको थियो । रासस

कमेन्ट गर्नुहोस्