संघीय मामिला मन्त्रालयद्वारा आयोजना प्रस्ताव माग, तराई मधेशका स्थानीय तहलाई ठूलो मौका

काठमाडौंँ, कात्तिक १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तराई मधेशका २७६ स्थानीय तहमा सञ्चालन गर्न लागेको तराई मधेश समृद्धि कार्यक्रमको आयोजना प्रस्ताव पेश गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ ।

तराइ मधेश समृद्धि कार्यविधिमा तोकिएका कार्यक्रमअन्तर्गत सामुहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषिविकास, खानेपानी तथा सरसफाइ सिचाँइ तथा नदी नियन्त्रण उर्जा, विपत न्यूनीकरण पूर्वाधार मध्येबाट कार्यविधिमा उल्लेख भएका वर्ग र समुदायसँग प्रत्यक्ष सरोकार राख्नेआयोजना प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । लक्षित वर्गकासमग्र समुदाय लाभान्वित हुने प्रकृतिका आयोजना माग गर्न मन्त्रालयअन्तर्गतको कार्यक्रम केन्द्रीय समन्वय इकाइले आग्रह गरेको छ ।
आयोजना कार्यान्वयन इकाइका निर्देशक रामहरि शर्माले आयोजना माग एवं सिफारिससहितको प्रस्ताव एक महिनाभित्र मन्त्रालयअन्तर्गतको तराई मधेश समृद्धि कार्यक्रमको केन्द्रीय समन्वय इकाईको कार्यालयमा बुझाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार सम्बन्धित स्थानीय तहको १० प्रतिशत लागत र सरकारको ९० प्रतिशत लागतमा आयोजना कार्यान्वयन सञ्चालन हुने भएकाले प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा १० लागतसमेत व्यहोर्ने गरी प्रस्ताव पेश गर्नुपर्नेछ ।

गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्