प्रधानमन्त्रीको स्वास्थ्यः शरीर सुन्निएको छ, अनुहार र छाती रातो

काठमाडौं, कार्तिक १३ । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ ।

 

दसैँको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।

 

सेन्टरका निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताए । सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह र डा। प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र एनेस्थेसिया डा. सुवास आचार्य खटिएका छन् । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्