माइक्रो र मोटरसाइकलको दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, कात्तिक १३ ।

मंगलबार बिहान काठमाडौंको लैनचौरमा मोटरसाइकल र माइक्रोबस ठोक्किदाँ एकजनाको मृत्यु भएको छ भने अर्काे घाइते भएका छन् ।

खानी विभागस्थित सडकखण्डमा बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट बस्ने ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

पछाडि सवार सोह्रखुट्टै बस्ने सरज थापा घाइते भएको छन् ।

उनको सोही अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत दरबारमार्गले जनाएको छ।

कमेन्ट गर्नुहोस्