जाजरकोटको खुर्पामा जिप दुर्घटना एकको मृत्यु, एकको अवस्था गम्भीर

जाजरकोट, काठमाडौं १३ ।

जाजरकोटको कुशे गाउँपालिका–५ खुर्पामा मंगलबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खुर्पा गाउँबाट मंगलबार बिहानै भे.१.ज. ५५७ नम्बरको जीप लक्ष्मी माध्यामिक विद्यालय, खुर्पामा वल्डिङका लागि जेनेरेटर बोकेर आएको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक आठबिसकोट नगरपालिका बाँके जिउला, रुकुम पश्चिमका कमल नेपालीको घटना स्थलमै मृत्यु भएको छ भने बाँके जिल्ला घर भएका नुर आलम गम्भीर घाईते भएका छन् ।

घाइते आलमलाई जिल्ला अस्पताल जाजरकोट ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रविन्द्रबहादुर सिंहले जानकारी दिए । जिप झण्डै ५ सय मिटर तल खसेको जीपको ईन्जिन लगाएतका अन्य पाट्सहरु धुजा–धुजा भएको बताइएको छ ।

घाईते आलमको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । पाँचकाटिया प्रहरी चौकीवाट प्रहरी टोली घटना स्थलमा पुगेर घटनाको थप जाँचबुझ गरिरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्