प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट यस्तो छ !

काठमाडौं, कार्तिक १३ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको रगत परिक्षण तथा छातीको एक्स–रे लगायतको रिपोर्टहरु सकारात्मक रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको रिपोर्टहरु सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठले बताएका छन् ।

ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । मंगलबार बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको बताए ।

डा. अरूण सायमीका अनुसार प्रधानमन्त्री ओलीमा ज्वरो छैन भने खोकी धेरै कम भएको तथा प्रेसर पनि ठिक हुँदै गएको छ । ओलीको उपचारमा प्रा.डा अरुण सायमीको संयोजकत्वमा प्रा.डा दिव्या सिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित समुह खटिएको छ ।

स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्