सारा खानको पहिलो चलचित्र ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

मुम्बई ।

सुशान्त सिंह राजपुत र सारा अलीका बलिउड चलचित्र ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक भएको छ ।

यस चलचित्र यसै वर्ष ७ डिसेम्बरको दिन रिलिज हुने भएको छ । सैफ अली खानकी छोरी सारा अली खानकी यो पहिलो चलचित्र हो । यसबाहेक सारा रोहित सेट्टीको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र शिवामा रणवीर सिंहसँग मुख्य भूमिकामा देखिने भएकी छन् । शिंवा २८ डिसेम्बरमा रिलिज हुने छ ।

यसअघि चलचित्र निर्देशक अभिषेक कपुरले चलचित्रको पोष्टर ट्विट गर्दै ट्रेलर सार्वजनिक हुने घोषणा गरेका छन् । अभिषेकले लेखेका थिए– ‘कुनै डर छैन, प्रकृतिको कुनै क्रोध छैन, भगवानको कुनै प्रेमको शक्तिको पराजित कोही गर्न सक्दैन ।

एकपटक हेरौं ;केदारनाथ’को भिडियो ट्रेलर-

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्