नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप : १ को मृत्यु, ४ जना घाइते

सर्लाही, कार्तिक, १३ ।

सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।

बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद विरेन्द्र सिंहले जानकारी दिए । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।

घाइते लिन गएको एम्बुलेन्समासमेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उहाँले जानकारी दिए । सोमबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमासमेत तोडफोड गरेका स्थानीयले बताएका छन् ।स्थितिलाई नियन्त्रणमा लिन त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको छ ।

 

कमेन्ट गर्नुहोस्