बलिउड गायक मिका सिंह र दलेर मेहंदीका दाई अमरजित सिंहको निधन

मुम्बई ।

बलिउड चर्चित गायक मिका सिंह र दलेर मेहंदीका दाई अमरजित सिंहको सोमबार मध्यरातमा निधन भएको छ ।

प्राप्त जानकारी अनुसार– अमरजित पछिल्लो केही दिनदेखि बिरामी परेका थिए । उनी दिल्लीको एक प्राइभेट अस्पतालमा अन्तिम सास लिएका थिए । मिका सिंहका भाईको निधनमा शोक गर्दै लेखेका छन्– ‘वाहे गुरुजी ! का खालसा वाहे गुरु जीकी फतेह, हमे यह बताते हुए बहुत दुःख हो रहा है’ की हाम्रो ठूलो दाई अमरजित सिंहको निधन भएको छ, उनी पछिल्लो केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए । अमरजित पाजीका स्वर्गवास भएका छन् ।

अमरजितको निधनले उनको भाई दलेर मेहंदी, हरजित मेहंदी, जोगिंदर सिंह र मिका सिंह ठूलो शोकमा परेका छन् ।

बताएअनुसार मिका र दलेरका म्यूजिक करियर बनाउनका लागि दार्इ अमरजितको निकै ठूलो सपोर्ट रहेको थियो । अमरजितको अन्तिम संस्कार दिल्लीमा साँझ ५ बजे तिलक विहार शमशान मैदानमा गरिने भएको छ ।

मिका सिंहले सुपरस्टार सलमान खानका चलचित्रका लागि थुप्रै गीत गाइसकेका छन् ।

सन् १९९५ मा दलेर मेहंदी सुपरहिट गीत बोलो ता रा रा, तुनक तुनक तुन र हो जाएगी बल्ले बल्ले गीतबाट निकै चर्चा कमाएका थिए । यसपछि उनले कैयौं बलिउड चलचित्रमा गीत पनि गाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्