अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं कार्तिक १३ ।

काठमाडौबाट एक चिनियाँ नागरिकलाई १ लाखभन्दा बढी अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा चीन लैजान लागिएको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिक इर्सालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चीनको ग्वानजाउ जान लागेका उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्