माओवादी एम्बुसमा परेर पत्रकारसहित ३ को मृत्यु

दन्तेवाडा । भारतमा सशस्त्र जनयुद्द गरिरहेका माओवादीको एम्बुसमा परि तीन जनाको मृत्यु भएको छ ।

भारतीय पत्रिकाका अनुसार, नक्सलवादी प्रभावित क्षेत्र अरनपुर थानाक्षेत्रमा प्रहरी र माओवादीबीच भीडन्त भएको हो । भीडन्तका क्रममा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एकजना पत्रकार मारिएका छन् ।

मारिने पत्रकार सरकारी सञ्चारमाध्यम दूरदर्शनका क्यामेरामेन भएको बताएको छ ।

प्राप्त जानकारी अनुसार, दन्तेवाडाको अरनपुर थानाक्षेत्र अन्तर्गत रहेको नीलबाया गाउँ नजिक प्रहरी, दूरदर्शनका पत्रकारसहित सुरक्षाकर्मीहरु गस्तीमा रहेका थिए । गस्तीमा रहेको बेला माओवादीले एक्कासी आक्रमण गरेपछि दुई जना सुरक्षाकर्मी घाइते भए पनि एकजना असईको तत्कालै मृत्यु भएको थियो । माओवादीबाट चौतर्फी घेरिएका सुरक्षाकर्मीसँगै क्यामराकर्मी समेत मारिएको पत्रिकाले उल्लेख गरेको छ ।

दन्तेवाडा माओवादीको मुख्य प्रभाव रहेको क्षेत्र हो । भारतीय सुरक्षाकर्मीहरुले दर्जनौ अप्रेसन चलाएपनि सरकारी अभियानले आम सर्वसाधारणलाई नै निशाना बनाएको भन्दै ठूलो संख्यामा स्थानीय जनता माओवादीलाई समर्थन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्