उप राष्ट्रपतिको चियापान कार्यक्रमको समय परिवर्तन

काठमाडौं, उपराष्ट्रपति नन्द किशोर पुनद्वारा आयोजित चियापान कार्यक्रमको समय परिवर्तन गरिएको छ ।

तिहार, छठ एवम् नेपाल संवतको अवसरमा राष्ट्रपति पुनले कार्तिक १६ गते चियापान कार्यक्रम आयोजना गरेका थिए ।

सोही दिन नेपाली कांग्रेसले देशव्यापीरुपमा चियापान समारोहको आयोजना गरेकोले उप राष्ट्रपतिले चियापान समारोहको समय परिवर्तन गरेका हुन ।

उप राष्ट्रपति कार्यालयका प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको प्रेस नोट अनुसार, नेपाली कांग्रेसले समेत २०७५ कात्तिक १६ गते नै जलपान समारोहको आयोजना गरेको सन्दर्भमा सम्माननीय उपराष्ट्रपतिज्यूले आयोजना गर्नुभएको शुभकामना आदन प्रदान तथा जलपान समारोह २०७५ कात्तिक १९ गते सोमबार २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजना गर्ने निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्