मेलम्ची आयोजनाका गाडी तत्काल फिर्ता ल्याउन मन्त्री मगरको निर्देशन

काठमाडौं, कार्तिक १३ ।

खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको गाडी अनेत्र प्रयोग भइरेहेको विषयलाई लिएर गम्भीर चासो व्यक्त गरेकी छन् । उनले अन्यत्र प्रयोग भइरहेका परियोजनाका गाडी तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् ।

मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भैरहेको समाचार सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग गरिएका गाडी तत्काल फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।

समितिका अन्सार, मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरुमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् ।

कमेन्ट गर्नुहोस्