१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २ वृद्ध पक्राउ

काठमाडौं, कार्तिक १३ ।

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हो ।

पीडित बालिकालाई गत कात्तिक ३ मा सामूहिक बलात्कार गरेको गत कार्तिक ११ गते पीडित पक्षले उजुरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्