शिखर धवन दिल्ली डेयरडेविल्सबाट खेल्ने

एजेन्सी । दिल्ली डेयरडेविल्सबाट आईपीएल डेब्यू गरेका शिखर धवन नयाँ सिजनका लागि आफ्नो घरेलु टिममा फर्किने भएका छन् । अहिले उनी सनराइजर्स हैदराबादमा आवद्ध छन् ।

 

भारतीय संचारमाध्यमका अनुसार हैदराबादले दिल्लीसँग धवनलाई दिल्ली पठाउने र त्यसको बदलामा दिल्लीले तीन खेलाडी दिने समझदारी गरेको छ । दिल्लीले हैदराबादलाई विजय शंकर, अविषेक शर्मा र शहबाज नदिम दिनेछ ।

 

अघिल्लो सिजनको अक्सनअघि हैदराबादले धवनलाई नलिने निर्णय गरेपनि पछि पाँच करोड २० लाखमा रिटर्न गरेको थियो । त्यसपछि धवन हैदरावादमा खुसी छैनन् ।

 

हैदरावाद जाने खेलाडीमा शंकर र नदिमको मूल्य समान तीन करोड २० लाख छ भने युवा खेलाडी अविषेक शर्मालाई दिल्लीले ५५ लाखमा किनेको थियो । तीन खेलाडीको मूल्य ६ करोड ९५ लाख हुँदा हैदराबादले धवनलाई दिल्ली पठाउँदा एक करोड ७५ लाख नगद दिनेछ ।

 

सन् २००८ को संस्करणमा दिल्लीमा खेलेका धवन त्यसपछिको दुई सिजन मुम्बईमा खेलेका थिए । त्यसपछि हैदराबाद पुग्नुअघि उनले डेक्कन चार्जर्समा पनि खेले ।

कमेन्ट गर्नुहोस्