ईशा र मुकेश विवाह बन्धनमा बाँधिदै‌

मुम्बई ।

उद्योगपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पीरामलको विवाहको मिति निश्चित भएको छ । आगामी १२ डिसेम्बरको दिन दुवैजना विवाह बन्धन बाँधिने छन् ।

गत सेप्टेम्बरमा ईशा अम्बानी र आनन्द पीरामलका इन्गेजमेन्ट इटालीको लेक कोमोमा भएको थियो । उनीहरुको विवाह समाराेह कार्यक्रममा बलिउड क्षेत्रका सबै सेलिब्रेटी सहभागी हुनेछन् । यस समारोहमा जोडिएका कैयौं तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

आनन्द र ईशा लामो समयदेखि साथी हुन् र दुवै परिवार ४ दशकदेखि गहिरो सम्बन्ध रहेका छन् ।

आनन्दले ईशाको महाबलेश्वरको एक मन्दिरमा प्रेम प्रस्ताव राखेका थिए । यस अवसरमा ईशा र आनन्दले नीता र मुकेश अम्बानी र स्वाती र अजय पीरामलसँग एकसाथ खाना पनि खाएका थिए । ईशाकी हजुरआमा कोकिलाबेन अम्बानी र भाई आकाश अर्थात अनन्त पनि यस मौकामा सहभागी हुनेछन् ।

आनन्द पीरामलले पेन्सिलवेनिया युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातक र हार्वर्ड बिजनेश स्कूलबाट एमबीए गरेका छन् । अहिले उनी पीरामल एन्टरप्राइजका एक्जिक्युटिब डायरेक्टर रहेका छन् । बिजनेश स्कूलबाट उत्तीर्ण भएपछि उनले दुई स्टार्टअप सुर गरेका थिए ।

पहिलो एकदिनमा ४० हजार बिरामीहरुको स्याहार गर्ने ग्रामीण स्वास्थ्य क्षेत्रका स्टार्टअप हुन्, जसको नाम पीरामल ई स्वास्थ्य हो । आनन्दका दोस्रो स्टार्टअप वास्तविक एस्टेट क्षेत्रका हुन् जसको नाम ‘पीरामल रियल्टी’ हो । यी दुवै पीरामल एन्टरप्राइजेसका अंग हो ।

ईशा अम्बानी रिलायन्स जियोका निर्देशक हुन् । उनी अमेरिकाकी येल युनिभर्सिटीबाट साइकोलोजी र साउथ एशियन स्टडिजमा ग्रेजुएट गरेकी छन्। स्टैनफोर्ड युनिभर्सिटीबाट उनले स्नातकोत्तरको डिग्री पनि चाँडै पाउने भएकी छन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्