गोदावरी नगरपालिकाद्वारा डस्विन वितरण

कैलाली, कार्तिक १४ । जिल्लाको गोदावरी नगरपालिकाले बजाको फोहोर संकलनका लागि डस्विन वितरण गरेको छ । पसलहरुबाट निस्किने फोहोरलाई संकलन गर्न दुई पसल बराबर एउटा डस्विन वितरण गरिएको हो । डस्विनमा संकलन हुने फोहोरलाई नगरपालिकाले उठाउने भएको छ । अत्तरिया बजारको सबै ठाउँमा डस्विन राखिएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाले चालू आर्थिक बर्षमा बजारको फोहोर संकलन गर्ने जिम्मा मात्रिभुमी समाज नामक संस्थालाई दिएको थियो । तर उक्त संस्थाले सोचेजस्तो काम गर्न नसकेपछि सम्झौतामा केही संसोधन हुने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख खेमराज बिष्टले बताए । ‘सम्झौता अनुसार काम हुन सकेन अब नगरपालिका आँफैले जिम्मा लिन्छ’ उनले भने । उनले सुदूरपश्चिम प्रदेशको केन्द्रमा रहेको बजारलाई सुन्दर र स्वच्छ राख्न नगरपालिकाले बिशेष ध्यान दिएको बताए ।

कमेन्ट गर्नुहोस्