३ दिनदेखि भइरहेको अस्थायी कर्मचारीको धर्नालाई रोक्न सुरक्षामा कडाई

काठमाडौं, कात्तिक १४ ।

सिंहदरबारस्थित स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी कर्मचारीहरु धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ ।

बुधबार मन्त्रालय परिसर अगाडि नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ ।

विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्ला अन्तर्गतका अस्थायी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै ३ दिनदेखि धर्ना दिएका थिए ।

संघीय संरचनाअनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिन थालेपछि आजदेखि सुरक्षाकर्मीले कडाइ गरेको हो ।

ती कर्मचारीलाई विगतमा सरकारले गरेको सम्झौताअनुसार व्यवस्थापन गर्न कर्मचारी संघ संगठनले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्