लहान, कात्तिक १४ ।
प्रहरी टोलीले मङ्गलवार राति सिरहाका विभिन्न स्थानबाट करीब रू. १ लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका बुधवार नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विष्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करीब रू. डेढ लाख मूल्य बराबरको बिजुलीका सामानसमेत बरामद गरेको छ । रासस