छाेरीमैयाँ श्रेष्ठ प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण

काठमाण्डौ । छोरी मैयाँ श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाण्डौले तनहूँका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

तनहुँको जनज्योति उच्च मावि, पार्वती मावि, धर्म मा वि, दीपक मा वि, जनज्योति आधारभूत विद्यालय, बाल शैक्षणिक आधारभूत विद्यालय,जनशक्ति आधारभूत विद्यालय, बाल विद्याश्रम आधारभूत विद्यालयमा प्रतिष्ठानले शैक्षिक सामग्री वितरण गरेको हो ।

पार्वती माविलाई पाँच थान कम्प्यूटर र आठ विद्यालयका ७० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिईन ।

कमेन्ट गर्नुहोस्