शेयरबजारः नेप्से परिसूचक ०.१४ प्रतिशत घट्यो

काठमाडौं, कात्तिक १४ ।

बुधवार नेप्से परिसूचक शून्य दशमलव १४ प्रतिशत घटेको छ ।

पहिलो ३० मिनेटदेखि ओरालो लाग्न थालेको बजार १ घण्टाको व्यापारमा १ दशमलव ६९ अङ्कले घटेर १ हजार २ सय २२ दशमलव ६७ विन्दुमा पुगेको छ ।

यस व्यापार अवधिमा ७९ कम्पनीको २ सय ७१ पटकको व्यापारमा रू. १ करोड बराबरको शेयर कारोबार भएको हो । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.०७ प्रतिशतले बढेको छ ।

जलविद्युत समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, बैंकिङ, विकास बैंक र जीवन बीमाको शून्य दशमलव १९ प्रतिशत घटेको छ ।

साथै, लघुवित्त समूहको शून्य दशमलव १५ प्रतिशत र वित्त कम्पनी, निर्जीवन बीमा र ‘अन्य’ समूहको न्यून प्रतिशतले घटेको हो ।

कमेन्ट गर्नुहोस्