शेयरबजारः नेप्से परिसूचक ०.२९ प्रतिशत घट्यो

काठमाडौं, कार्तिक १४ ।

बुधवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशत घटेको छ ।

सो समयमा परिसूचक ३ दशमलव ५७ अंकले घटेर १ हजार २ सय २० दशमलव ७९ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १२१ कम्पनीको १ हजार १६ पटकको व्यापारमा रू। ३ करोड बराबरको शेयर कारोबार भएको हो ।

उत्पादन तथा प्रशोधन र होटल्स समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य ७ प्रतिशत र होटल्स समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ ।

कमेन्ट गर्नुहोस्