पीपीएल : धनगढी ६७ रनमै अलआउट, पारसले निकाले पहिलो जित

पोखरा, कार्तिक १४ ।

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले एक्सपर्ट धनगढी बुल्जलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्यएको धनगढी १६.२ बलमा ६७ रनको कमजोर स्कोरमा अलआउट भयो ।

शुन्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शुन्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि दबावमा आएको थियो ।

धनगढीका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । कप्तन दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलिप नाथ शुन्य रनमै आउट भए । विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए । त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ४ विकेट लिए भने भुवन काकी र स्मित पटेलले समान २(२ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रहृयो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे । कप्तान पारस खड्काले १९ रन बनाए ।

कमेन्ट गर्नुहोस्