शेयरबजारः नेप्से परिसूचक ०.४४ प्रतिशत घट्यो

काठमाडौं, कात्तिक १४ ।

बुधबार कारोबार शुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ४४ प्रतिशत घटेको छ ।

सो समयमा परिसूचक ५ दशमलव ३९ अंकले घटेर १ हजार २ सय १८ दशमलव ९७ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १४९ कम्पनीको १ हजार ९ सय ४९ पटकको व्यापारमा रू। ८ करोड बराबरको शेयर कारोबार भएको हो ।

उत्पादन तथा प्रशोधन र होटल्स समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र होटल्स समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशत बढेको छ ।

कमेन्ट गर्नुहोस्