तुलाधरलाई भेट्न नर्भिक पुगे सभामुख महरा

काठमाडौं, कार्तिक १४ ।

सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार बिहान साढे ११ बजे नर्भिक अस्पताल पुगी सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन् ।
अस्पताल पुगेका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी गराएका थिए ।

सो अवसरमा सभामुख महराले अस्पताल तथा डाक्टरहरुलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै तुलाधरको स्वास्थ्य लाभको कामना गरेका थिए । अन्नपूर्ण न्यूरो अस्पतालबाट हिजो बेलुकी रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।

नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टीमले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्