‘फेस अफ मारवाडी किडस २०१९’ अायाेजनाको तयारीमा

काठमाडौं, कार्तिक १४ ।

फेस अफ मारवाडी किडस हुने भएको छ । सौन्दर्य प्रतियोगिता फेस अफ मारवाडी किडस २०१९ हुने भएको हो ।

फेस अफ मारवाडी मिस, मिसेस एन्ड मिष्टर सफलता पूर्वक सम्पन्न गरेको पेज थ्री हट कल्चरले अब फेस अफ मारवाडी किडस गर्न लागेको संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाले बताएकी छन् । उनका अनुसार मारवाडी समुदायका बालबालिकाको व्यक्तित्व विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आगामी शनिबार यही कार्तिक १७ देखि कालिकास्थानको अमृतभोग फष्ट अडिसन हुन लागेको यो प्रतियोगितामा मारवाडी समुदायका बाल बालिकाले भाग लिन सक्ने छन् । नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा गु्रप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३ का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार गु्रप बनाएर प्रतियोगिता गर्न लागिएको मोदीले बताइन ।

यो चार ग्रुपमा २०–२० जना सहभागी हुने छन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो अडिसन कार्तिक २४ शनिवारमा मर्दस प्राइड स्कुल मण्टेश्वरीमा हुँदैछ ।

डिसेम्बर महिना लागेपछि ट्रेनिङ सुरु हुने यो प्रतियोगिताको ट्रेनिङ नक्सालमा रहेको गिगल्समा हुने छ । सोनिया केडिया काउन्सिलर, पुनम बर्मा कोरियोग्राफ, युबलुम टिमको ब्यवस्थापन रहेको यो प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा १२ जनवारी अर्थात पुस २८ मा काठमाडौंमा हुँदैछ ।

प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्