एलजीले ल्यायो साढे ९ लाख मूल्यको टिभी, यस्ता छन् विशेषता

काठमाडौँ. कार्तिक १४ । एलजीले नेपाली बजारमा ७५ इन्चको युएचडी टि.भी. ल्याएको छ ।

यस टि.भी.मा क्वाडकोर प्रोसेसर, वेब ओएस अपरेटिङ, म्याजिक मोसन रिमोट कन्ट्रोल, फोर के युएचडी डिस्प्ले, फोर के एक्टिभ एचडीआर, आइपिएस प्यानल, थिन-क्यु जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

यस आर्टिफिसियल इन्टेलिजेन्स थिन-क्यु-इनेब्ल्ड टिभीले प्रयोगकर्ताहरूलाई दैनिक कार्यहरू व्यवस्थापन गर्न अनुमति दिन्छ । यसको रिमोटमा रहेको माइक्रो बटन थिच्नासाथ आफूलाई आवश्यक रहेको सूचना, जस्तै मौसमको पूर्वनुमान या खेल प्रतियोगिताको अद्यावधिक स्कोर आदिबारे  सोध्न सकिने बताइएको छ ।

त्यस्तै यसमा रहेको गुगल असिस्टेन्ट सिस्टमले आवाजकै माध्यमले टिभीलाई नियन्त्रण गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा यस टि.भी.को मूल्य रु. ९ लाख ४० हजार ९ सय ९० तोकिएको र हाल तिहार तथा छठ को अवसरमा यसमा भारी छूट प्रदान गरिनुका साथै यसको खरिदसँगै एलजीको एसजे-फोर स्पीकर उपहार स्वरुप नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्