आयोग गठन गर्न कानुन निर्माण नगरेको भन्दै लोक सेवा आयोगको असन्तुष्टि

काठमाडौं, कार्तिक १४ । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानुनसमेत निर्माण नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । कार्यक्रममा उनले भने,‘प्रदेश लोक सेवा आयोगको गठनमा ढिलाई हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको छ ।’

 

अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन आवश्यक आधार र मापदण्ड तय गरिएको पनि जानकारी दिए । उनले योग्यतम कर्मचारी छनौट गर्ने आफ्नो दायित्वलाई आयोगले सफलतापूर्वक पूरा गरिरहेको दावी पनि गरे ।

कमेन्ट गर्नुहोस्