काठमाडौं, कार्तिक १४ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा लोडसेडिङ नहुने बताएका छन् । प्राधिकरणले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा घिसिङले भने, ‘तिहारमा विद्युत्को बढी माग हुने भए पनि लोडसेडिङ हुँदैन ।
जनाताले ढुक्क भएर तिहार मनाउन पाउने छन् ।’ उनले तिहारको बेलामा विद्युत्को माग १ हजार २ सय ७० मेगावाट पुग्ने अनुमान रहेको बताए । यो वर्ष कुलेखानीमा पानीको सतह १५ सय २६ मिटर पुगेको उनले जानकारी दिए ।
अरु बेलामा सामान्यतया १५ सय २४–२५ मिटरमा रहने पानी अहिले झन् बढेको छ । कुलेखानीमा पानीको सतह बढेका कारण पनि सुख्खायाममा प्राधिकरणलाई सजिलो हुने उनले बताए ।