अब कुकुरले सुँघेर मलेरिया संक्रमण पत्ता लगाउने

काठमाडौं, संसारमा रोगबाट मृत्यु हुनेमा एउटा प्रमुख संक्रमणका रुपमा रहेको औलो रोगलाई कुकुरले नै पत्ता लगाउने दावी गरिएको छ ।

ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुका अनुसार उनीहरुले कुकुरले नै औलो जस्तो बिरामी पत्ता लगाउने तरिका खोजेका हुन ।

वैज्ञानिकहरुका अनुसार, संक्रमित व्यक्तिको कपडा सुँघाएर मलेरिया पत्ता लगाउन प्रशिक्षित गरिन लागिएको हो ।

ब्रिटेनको डरहम विश्वविद्यालयले केही कुकुरलाई मलेरिया पत्ता लगाउन तालिम दिइरहेको हो ।

यति मात्रै होइन जनवारको सहयोगबाट मलेरिया जस्ता बिमारी रोक्ने र त्यसको निवारण गर्न पनि कोशिस हुँदैछ । त्यसो त यो अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको छ । तर विशेषज्ञहरुका अनुसार, यो अनुसन्धान सफल हुने छ ।

औलोको संक्रमणमा रहेको बेला व्यक्तिको शरीरको गन्ध अरुभन्दा केही फरक हुने उनीहरुले बताए । यस्तो हुने भएकोले कुकुरले एउटा व्यक्तिको गन्ध सुँघेर अरु पनि पत्ता लगाउन सक्छ ।

पश्चिम अफ्रिकाको देश गाम्बियाको एक क्षेत्रमा बच्चाहरुलाई पुरै रात मोजा लगाउन लगाएर यिनीहरुलाई फेरी परीक्षणका लागि बेलायत पठाइएको थियो । यसरी पठाइएका १७५ जोडामध्ये ३० बच्चामा परजीविको संक्रमण पाइएको थियो ।

त्यसपछि दुर्गन्धित मोजालाई बेलायतको मिल्टन किन्जस्थित मेडिकल डिटेक्सन डग्स च्यारिटीमा पठाइयो । कुकुरलाई प्रशिक्षण गर्न अब त्यो मोजाको ठाउँमा मानिसलाई सुँघाउने बताइएको छ ।।

कमेन्ट गर्नुहोस्