विद्युत नियमन आयोगः ऊर्जामन्त्रीद्वारा समिति गठन

काठमाडौं, कार्तिक १४ । विद्युत नियमन आयोगका पदाधिकारी सिफारिसका लागि सरकारले समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मन्त्रालयका सचिव डा. संजय शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन्।

 

सदस्यमा विद्युत विज्ञ डा. मेघबहादुर विश्वकर्मा र सदस्य सचिवमा (कानुन हेर्ने सहसचिव) तोयानाथ अधिकारी रहेका छन्। गठित समितिले विद्युत नियमन आयोग ऐन २०७४ को दफा ५ बमोजिम गठन हुने विद्युत नियमन आयोगको अध्यक्षलगायत चार जना सदस्यहरुको सिफारीस गर्नेछ।

कमेन्ट गर्नुहोस्